• १५ चैत २०८०, बिहिबार

राष्ट्रपति भण्डारीद्वारा वराहक्षेत्रको दर्शन

blog

धरान, माघ  १ गते । राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको वराहक्षेत्र आइपुग्नुभएको छ । उहाँ आज बिहान वराह क्षेत्र मन्दिर परिसरमा आउनुभएको हो ।

आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको वराहक्षेत्रको दर्शनका लागि बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आइपुग्नुभएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार उहाँले वराहक्षेत्रको दर्शन गरी मन्दिरको अवलोकन पनि गर्नुभएको थियो । यसपछि उहाँले धरानको विजयपुरस्थित  पिण्डेश्वर र दन्तकाली    मन्दिरको अवलोकन गर्ने कार्यक्रम र छ । 

यस दिन वराहक्षेत्रमा स्नान गर्दा अनन्तकालसम्म भगवानको धाममा बस्न पाइन्ने बताइन्छ । यस दिन वराहक्षेत्रस्थित कोका कौशिकीमा स्नान गरे विगतमा गरेको गल्तीबाट मुक्ति पाइने जनविश्वास छ । हरेक वर्षको माघ १ गते यहाँ ठूलो मेला लाग्ने गर्दछ ।