• १२ वैशाख २०८१, बुधबार

माघे सङ्क्रान्तिमा खाइने खाद्य पदार्थका फाइदा

blog

सिर्जना खत्री

काठमाडौं, माघ १ गते । नेपाली समाजमा समुदाय अनुसार माघे सङ्क्रान्ति विभिन्न तरिकाले मनाउने गरिन्छ । माघे सङ्क्रान्तिको जति महत्व छ, यो दिनमा खाइने परिकारको समेत छुटै महत्व  छ । यस्ता खानेकुरा धार्मिक संकृतिक हिसाबले जति महत्वपूर्ण छ त्यति नै पोषणका हिसाबले पनि महत्वपूर्ण मानिन्छ । माघेसंक्रान्तिका दिन चोखो गरी तरुल, घिउ, चाकु, तिलको लड्डु खाँदा रोगबाट बचाउनुका साथै शरीरमा उर्जा दिने पोषणविद् बताउनुहुन्छ ।

पोषणविद् प्रा.डा. जया प्रधानले परापूर्वकालदेखि खाइँदै आएका यस्ता खाद्य प्रदार्थमा शरीरमा आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेड, क्यालसियम, पोटासियम जस्ता तत्व पाइने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो दिनमा खाइने खानेकुरा विशेषगरी माटोमुनि फल्ने तरुल, पिँडालु, सखर, घिउ चाकु, तिलको लड्डु, खिचडीमा शरीरमा आवश्यक पर्ने प्रोटिन, काब्रोहाइडेड, क्यालसियम, पोटासियम, म्याग्नेसियम आइरस, फाइबर जस्ता तत्व पाइन्छन् ।”

उहाँका अनुसार जाडोमा अन्य मौसमकाे तुलनामा क्यालोरी युक्त (शक्तिप्रदक) खानेकुराको आवश्य पर्नुका साथै रोगप्रतिरोधात्मक क्षमता पनि कम हुने गर्छ । उहाँ भन्नुहुन्छ, “जाडो मौसममा शरीरलाई न्यनो बनाएर राख्न क्यालोरियुक्त खानेकुराको आवश्यक पर्छ ।

माघे संक्रान्तिमा खाइने यस्ता खानेकुरामा क्यालोरीको मात्रा अत्यधिक हुनुका साथै रोगप्रतिरोधात्यक क्षमता बढाउन मद्दत गर्छन् ।” तरुल डा. प्रधानका अनुसार माघे सङ्क्रान्तिका दिन खाइने तरुल स्वास्थ्यका हिसाबले निकै लाभदायक मानिन्छ । तरुल क्यालोरीको एउटा राम्रो स्रोत हो ।

उहाँका अनुसार तरुलमा क्यालोरी बाहेक फाइबर (रेसादार) खाद्य पदार्थ, प्रोटिन, पोटासियम, म्यानिसियम, कपर, मिनरलका साथै विभिन्न प्रकारका भिटामिन प्राप्त गर्न सकिन्छ । तरुललाई नियमित तरकारीको रुपमा प्रयोग गरेर कब्जियतबाट बच्न सकिने डा. प्रधानको भनाइ छ । पोषणविद् डा. प्रधानका अनुसार तरुलमा एन्टि अक्सिडेन्ट, एन्टि क्यान्सर तत्व हुन्छ । यसमा कोलेस्टोल हुँदैन । त्यसैले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । तरुलमा भिटामिन सि को राम्रो भएकाले घिउ चाकुसँगै तरुल खाँदा शरीरमा आइरन सोच्न महत्वपूर्ण भूमिका खेल्छ ।

घिउ–चाकु माघे सङ्क्रान्तिमा घिउ–चाकु महत्वपूर्ण खाद्य पदार्थमध्ये एक हो । घिउ–चाकु क्यालोरिको राम्रो स्रोत हो । जाडो मौसममा शरीरमा शरीरलाई न्यानो बनाउन मद्दत पुग्छ । डा. प्रधानका अनुसार घिउबाट प्रशस्त मात्रामा क्यालोरीका साथै भिटामिन ‘ए’, ‘डि’ र ‘के’ काम गर्न आवश्यक पर्ने चिल्लो प्रदार्थ प्राप्त गर्न सकिने उहाँको भनाइ छ । गाई भैँसीको घिउबाट भिटामिन ए र फ्याटि एसिड प्राप्त गर्न सकिन्छ । चाकुबाट अत्यधिक मात्रामा क्यालोरी, क्यालसियम र आइरस तत्व पाइन्छ । चाकुबाट प्राप्त भएको आइरन शरीरले ८० प्रतिशत सम्म सोच्न सक्छ ।

उहाँका अनुसार यसमा स्याचुरेटेड फ्याटी एसिडले शरीरमा बोसो जम्न नदिई शरीरलाई आवश्यक पर्ने चिल्लो प्रवाह गरी ऊर्जा प्राप्त गर्न मद्दत गर्छ । दीर्घ रोगीहरु र पाचन प्रक्रिया कमजोर भएकाहरुले भने अत्यधिक मात्रमा घिउको प्रयोग गर्नु हुँदैन। तिलको लड्डु संक्रान्तिमा तिलको लड्डुमा पनि खाने चलन छ । तिलले शरीरलाई शक्ति प्रदान गर्छ जुन जाडो मौसममा अति स्वस्थकर मानिन्छ । तिलको लड्डुमा आइरन, प्रोटिन, फाइबर जस्ता तत्व प्राप्त हुने हुँदा पाचन प्रक्रियालाई राम्रो हुने उहाँकाे भनाइ छ । यसबाट आइरन र प्रोटिन पाउनुका साथै शरीरको तापक्रम वृद्धि गर्न मद्दत गर्छ।

उहाँका अनुसार एक सय ग्राम तिलमा झन्डै ४ ग्राम फाइबर पाइन्छ । प्रोटिन १०० ग्राम तिलमा १८ ग्राम प्रोटिन प्राप्त गरिन्छ । शरीरलाई आवश्यक पर्ने फ्याटि एसिड प्राप्त गर्न सकिन्छ । वमेगा ३ नि पाइन्छ जसले एन्टि इन्फामेसन हुनबाट बचाउँछ । यसका साथै तामा, क्यलसियम, म्याग्निसिय पनि प्रशस्त मात्रामा पाइन्छ । कोलेस्टोल कम हुने हुँदा यसको सेवनले रक्तचाप कम गराउन मद्दत गर्छ । भिटामिन ‘डि’ को राम्रो स्रोत हो ।

थाइरोइको समस्या भएकालाई थाइरोइड हार्मोन घटाउन महत्वपूर्ण भूमिका खेल्छ । खिचडीबाट हामीले प्रशस्त मात्रामा मिनिरल, क्यालोरी, कार्बोहाइड्रेड र आइरन प्राप्त गर्न सकिन्छ । मासको दाल, चामल, घिउ मिसाएर खिचडी बनाइने भएकाले यो खानेकुरा बच्चादेखि वृद्धवृद्धासम्मलाई निकै उपयोगी हुन्छ। खिचडी शरीरले छिट्टै पचाउन सक्ने खानेकुरा भएकाले दैनिक बच्चा र वृद्धवृद्धाहरुलाई खुवाउन सकिन्छ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।