• १२ वैशाख २०८१, बुधबार

आगलागी हुँदा ११ पसल जले

blog

लीलाराज खडका

बिर्तामोड, माघ १ गते । आइतबार बिहान झापाको दमक नगरपालिका ६ स्थित बजारमा बिद्युत् सर्ट भई आगलागी हुँदा ११ वटा सटर जलेर नष्ट भएको छ । 

आगालागिबाट लाखाैको क्षति भएको र यसको विवरण संकलन गरिँदै आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो ।  बिहान साढे ३ बजे विद्युत् सर्ट भई आगलागी हुँदा ५ वटा पसल पूर्ण रुपमा जलेर खरानी बनेका छन्  भने बाँकी ६ पसल समेत क्षति पुगेको छ ।  दमकको मुख्य बिच बजारस्थित  नमुना मार्गको राजु श्रेष्ठको जुत्ता चप्पल पसलबाट बिहान साढे ३ बजे तिर आगलागी भएको हो । ३ घण्टाको प्रयासमा ५ वटा दमकलको सहयोगमा प्रहरी, स्थानीय समेत जुटेर आगो नियन्त्रणमा लिइएको छ ।

 आगलागीमा परेर सङ्गीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेका छन् । आगो नियन्त्रण गर्ने क्रममा अन्य  ६ पसल  पसल भत्काइएका छन् । आगलागी नियन्त्रणका लागि दमक, कमल, गौरा दह, उर्लाबारी, पथरी शनिश्चरे पालिकाबाट दमकल आएका थिए ।   आगलागीमा  परेर  १ करोड भन्दा धेरैको क्षति भएको अनुमान गरिए पनि यकिन विवरण भने आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।