• ११ वैशाख २०८१, मङ्गलबार

कलेजो प्रत्यारोपणका लागि विदेश जानु नपर्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १ गते । कलेजो प्रत्यारोपण गर्न विदेश जानुपर्ने अवस्था रोकिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरिँदै आएको छ । 

नेपालमा हालसम्म १५ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । हालसम्म शिक्षण अस्पतालमा नौ र शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा छ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । 

शुक्रबार त्रिवि शिक्षण अस्पतालमा नवौँ कलेजो प्रत्यारोपण सफल  भएको छ । आठौँ प्रत्यारोपण भएको करिब नौ महिनापछि नवौँ प्रत्यारोपण सफल भएको हो । कलेजो प्रत्यारोपण विज्ञ डा. रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले १२ घण्टा लगाएर ५२ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । उहाँका अनुसार ती पुरुषलाई उनका १९ वर्षका छोराले प्रत्यारोपणका लागि कलेजो दान दिएका हुन् ।