• ७ वैशाख २०८१, शुक्रबार

दिपखुशीको दिलराजामा गरिमा र सुधीर

blog

काठमाडौं, पुस २९ गते। रचना रिमाल र भीम दोर्जे तामाङको स्वरमा रहेको दिलराजा बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा शब्द र सङ्गीत रमेश दर्नालको छ। काठमाडौंको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायाङ्कन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्वय गरिमा शर्मा र सुधीर श्रेष्ठको अभिनय देख्न सकिन्छ।

भिडियोले गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफलताको प्रेम कथालाई देखाएको छ। गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा सुब्रत आचार्य अतिथि कलाकारको रूपमा देखिनुहुन्छ। 

शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडियोको छायाङ्कन उत्सव दाहालले गर्नुभएको हो भने सम्पादनमा विकाश दाहालको मेहनत देखिन्छ। जसको निर्माण दिपखुशी लामाले गर्नुभएको हो।