प्रदेश नं १ को मुख्यमन्त्रीमा राई नियुक्त

उर्लाबारी, मोरङ, फागुन २ गते । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले राईलाई नियुक्तिपत्र प्रदान गर्नुभएको थियो । उहाँले भोलि बिहीबार वीरेन्द्र सभागृहमा शपथ ग्रहण गर्ने र भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ । (रासस) 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds