‘युद्धप्रसाद मिश्र स्मृति मिश्र पुरस्कार’ उपाध्यायलाई

काठमाडौँ, फागुन २ गते । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले यस वर्षको ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ प्रगतिवादी साहित्यकार गोपीरमण उपाध्यायलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका सचिव डा लेखप्रसाद निरौलाका अनुसार साहित्यकार मिश्रको २८ औँ स्मृति दिवसका अवसरमा यही फागुन ६ गते उक्त पुरस्कार प्रदान गरिने छ ।

पुरस्कारको राशि रु २० हजार एक छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds