• १६ चैत २०८०, शुक्रबार

एक करोड छ लाख बिगोसहित भूमि आयोगका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, पुस २९ गते । राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अधिकृत पोखरेलविरुद्ध एक करोड छ लाखभन्दा बढी स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले पोखरेलविरुद्ध एक करोड छ लाख ३३ हजार ३३९ रुपियाँ १२ पैसा बिगो कायम गरेर मुद्दा दायर गरेको जानकारी दिनुभयो । प्रवक्ता भण्डारीका अनुसार गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पोखरेलकी श्रीमती विमला न्यौपाने पोखरेलाई प्रतिवादी बनाइएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधाराका तत्कालीन निमित्त कार्यालय प्रमुख रहँदा नै अख्तियारले पोखरेलमाथि अनुसन्धान सुरु गरेको थियो । त्यसपछि पोखरेल सरुवा भएर भूमि आयोग पुग्नुभएको थियो ।

हाल आयोगमै कार्यरत रहेको बेला पोखरेलविरुद्ध गैकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले आज मुद्दा दायर गरेको जानकारी प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार पोखरेल सरकारी सेवामा प्रवेश गरेको विसं २०४६ असारदेखि २०७८ फागुन १५ गतेको अवधिमा उहाँ र उहाँका परिवारका नाममा रहेको चलअचल सम्पत्तिमा आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा चार करोड ३७ लाख ८८ हजार ४०२ रुपियाँ १० पैसा बराबरको चलअचल सम्पत्ति फेला पारेकोमा तीन करोड ३१ लाख ५५ हजार ६२ रूपियाँ १९ पैसाको मात्रै स्रोत खुलेको र स्रोत नखुलेकोलाई बिगो कायम गरी पोखरेलविरुद्ध मुद्दा दायर गरिएको छ ।