• १६ चैत २०८०, शुक्रबार

रुसद्वारा चीनको कोभिड–१९ नीतिको स्वागत

blog

मस्को, पुस २९ गते । रुसले सीमापार आवतजावत र मालसामान ढुवानीलगायतका विषयमा कोभिड–१९ नीतिहरूलाई अनुकूलन गर्ने चीनको निर्णयलाई  सकारात्मकरूपमा लिएको छ ।

रुसी विदेश मन्त्रालयले चीनलाई गतिशील, विकासशील मित्रराष्ट्र भन्दै  दुई देशका बहुपक्षीय एवम् व्यावहारिक सम्बन्धलाई थप सुदृढ र विविधीकरण गर्न इच्छुक रहेको उल्लेख गरेको छ।

मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले आफ्नो साप्ताहिक ब्रिफिङमा चीनको आर्थिक विकासको सम्भाव्यताको समायोजनपछिको प्रश्नको जवाफ दिनुहुँदै भन्नुभएको छ, ‘‘हामी रुसी(चिनियाँ व्यापार र आर्थिक सहयोगको थप प्रगाढताका साथै हाम्रा देशका जनताबीचको समन्वयित  विभिन्न विषयको आदानप्रदानको पुनः शुरुवात सुनिश्चित गर्न चाहान्छौँ ।’’ रासस/सिन्ह्वा