• १५ चैत २०८०, बिहिबार

मधेस प्रदेशमा माओवादी संसदीय दलको नेतामा साह निर्वाचित

blog

जनकपुरधाम, पुस २९  गते । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह निर्वाचित हुनुभएको छ । आज बिहान भएको निर्वाचनमा उहाँले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गर्नुभएको थियो ।  

सहमतिका लागि अधिकतम प्रयास भए पनि अन्ततः निर्वाचत गर्नुपरेकामा साहले चार र भट्टराईले तीन मत प्राप्त गर्नुभएको जनाइएको छ ।   माओवादी केन्द्रबाट मधेश प्रदेशसभामा नौजना सदस्य रहे पनि दुई जना निलम्बनमा हुनुहुन्छ ।