• ४ वैशाख २०८१, मङ्गलबार

माझी किङ सम्मानित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते । गायन तथा अभिनय क्षेत्रमा सँगसँगै मेहनत गरिरहनुभएका युवा यमन माझी सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित हुनुभएको छ । 

मनासलु पोस्ट न्युज पोर्टलद्वारा राजधानीमा आयोजित छैटौँ मनासलु राष्ट्रिय अवार्ड–२०७९ मा साङ्गीतिक क्षेत्र र माझी जातीय पहिचानका लागि पु-याउनुभएको योगदानका निम्ति उहाँलाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।

माझी किङ यमनले सम्मानबाट आफूमा काम गर्ने थप हौसला बढेको बताउनुभयो । उहाँले माझी भाषा, संस्कार र संस्कृति जोगाउन भाषा प्रशिक्षण पनि दिँदै आउनुभएको छ ।