महाशिवरात्रि महिमा

binayak p dhitalविनायकप्रसाद धिताल

पाशुपत दर्शनअनुसार पशुपति शब्द पशु÷पति÷पाशा बाट उत्पत्ति भएको पाइन्छ । जसअनुसार पतिले परब्रह्म परमेश्वरलाई बुझाइएको र त्यही पति जीवमा परिणत भई पशु रूपमा बाँधिएको र त्यस्तै जीवलाई पतिले सुरक्षा गर्ने भन्ने अर्थबाट पशुपति शब्द भएको भनाइ छ । जीवले जीवभावमा रहँदा मायारूपी पाशमा फसेर पशु रूपमा चिनिएको बताइन्छ । ऋग्वेदको मन्त्र “सर्वानअविशेषेण पश्यतीतिपशु” अर्थात् जसले चराचर जगत्लाई राम्रोसँग रेखदेख गर्छ, चिन्छ न्याय अन्याय छुट्याउँछ, त्यसैलाई पशुपति रूपमा चिनाइएको छ । शास्त्रमा चराचर जगत्का सबै प्राणीलाई “पशु” सम्बोधन भएको र ती सबैका संरक्षक परमात्मालाई पशुपति भनिएको पाइन्छ । पशुपतिको मुखलाई सद्योजात, बामदेव, अघोर, तत्पुरुष, इशान तŒव जोडेर पञ्चबक्त्र अथवा पाँच मुख भनिएको छ, उक्त मुखहरूमा सद्योजातलाई पृथ्वी, बामदेवलाई जलतŒव, अघोरलाई अग्नीतŒव, तत्पुरुषलाई वायुतŒव इशानलाई आकाशतŒव र प्रत्येक मुखलाई ब्रह्माण्डका चारै दिशा र आकाशको भागसम्मलाई बताइएको पाइन्छ । नेपालको बागमती नदी किनारामा स्थित पशुपतिनाथको मूर्तिलाई ल्मेछ भक्त तथा किराँतहरूले पूजा गर्ने गरिएको, लिच्छविकालमा पाशुपतहरूले तान्त्रिक विधि र ब्राह्मणहरूले बैदिक विधिबाट पूजा गरिएको, मल्लकालको अन्त्यमा सन्यासीहरू पशुपतिनाथका पुजारी भएका, जगज्जय मल्लको समयदेखि दक्षिणका भट्ट ब्राह्मणहरू पुजारी भएका, पशुपतिनाथको उध्र्वमुखमा लेखिएको श्री यन्त्रमा बौद्ध र चार्बाक दर्शनका व्यक्तिहरूले पूजा र विशेष पर्वमा कुसुलेहरूले बाजा बजाउने गरेका, देशोद्वार पूजामा राजोपाध्याय, वैद्य, राजभण्डारी, शाक्य, डङ्गोल, मानन्धर, धोबीसमेतको सहभागित रहेको कथन पाइन्छन् । पशुपतिनाथका विधि, व्यवहार कर्म संस्कार आदिमा जातीय समानता देखिँदा हिन्दु भनिने मात्रका नभएर गैरहिन्दु जातजातिका साझा देवतामा परिचित छन् । त्यसैले पशुपतिनाथ मन्दिर सबैका लागि अत्यन्त पवित्र स्थल हो । यो मन्दिर प्राकृतिक कारणले भत्किएको, वङ्गालका सुल्तान समसुद्धिनले राजनीतिक कारणले भत्काइदिएका, मुसलमानको आक्रमण खेप्नुपरेको आदि वर्णन यस सम्बन्धमा पाइन्छन् । विभिन्न समयमा विभिन्न समस्या भोग्नुपरेको यस मन्दिरलाई अलपत्र हुन नदिई विभिन्न कालखण्डका शाषकहरू जयसिंह, देवराम वद्र्धन, भुपालेन्द्र मल्ल, राजा जगज्जय मल्ल, राजासदाशिव मल्ल, राजा प्रताप मल्ल, श्री ३ चन्द्रशमशेर, प्रधानमन्त्री भीमसेन थापा, गीर्वाण युद्ध विक्रम शाह आदिले यस मन्दिरको नवनिर्माण र गुठीको व्यवस्था मिलाएको देखिन्छ । भारतका स्वामी शङ्कराचार्यले पशुपतिनाथ मन्दिरभित्रको विशेषमूर्तिको सुरक्षाको निमित्त भक्तहरूले मूर्तिको दर्शन ढोग बाहिर ढोकाबाट नै गर्ने व्यवस्था गरेको पाइन्छ ।
भगवान् शिवको महिमा अपरम्पार छ । समुद्रमन्थन हँुदा निस्किएको कालकुट विषले अन्यप्राणी जगत्लाई असर पर्न विष पिएर विभिन्न रूपमा सबै प्राणीलाई कल्याणकारी भावना, दया, क्षमा, वरदान तथा प्रकाश शक्तिसमेत दिएका, शिवलाई विजरूप, आदित्य रूपमा अथ्र्याइएका प्रसङ्ग विभिन्न पुराण, पशुपति माहात्म्य मनुस्मृति आदिमा शिवको थोरै–थोरै महिमा विशेष र शिवपुराणमा शिवको सबै वृत्तान्त प्रकाश भएको उल्लेख पाइन्छ । शिवदर्शनको अर्थ दिव्य ज्योतिस्वरूपको दर्शन हो, जसको माध्यमबाट मानिसभित्र रहेको अहं भाव, अन्धकाररूपी प्रवृत्ति कुविचार कुसंस्कार आदि नाश हुन जान्छ । त्यसका लागि पूर्ण समर्पण, शुद्ध र एकाग्रचित्त चाहिन्छ । शिवको भेष लोककल्याणकारी भेष हो । सुन्दर आभुषण र पहिरनले मानिसमा अहंभाव, तृष्णा, लोभ आदि सिर्जना गर्छ । त्यस्तो व्यक्ति पूर्ण रूपमा कल्याणकारी बन्न सक्दैन । त्यसैले शिवको भेषलाई लाक्षणिक अर्थमा बुझ्न आवश्यक छ । भगवान् शिवको बुझाई कुनै एक जातिको लागिमात्र नभई समस्त मानवजातिका लागि दिशानिर्देशन हो । शिवलाई सामान्य कथावस्तुको आधारमा विष, भाङ, धतुरो सेवन गर्ने, मागेर हिँड्ने, शमसान घाटमा रमाउने आदिमा चिनिनु उनको विशेषताको गहिराइको पहुँचमा पुग्न नसक्नु हो । आदर्श वाक्य वसुधैव “कुटुम्बकम्” को आध्यात्मिक भावनाबाट अभिप्रेरित भई सादा जीवन उच्चविचार अँगाल्न सक्नु नै शिवलाई चिन्न सक्नुमा जनिन्छ । अन्य ज्ञान र आध्यात्मिक चिन्तनले दृष्टि दिँदा चित्रकारले चित्रित शिवको निधारको बीच भागमा वास्तविक चन्द्रमालेझैँ शितलता प्रदान गर्छ, जुन भावनालाई “चन्द्रमा मनसोजात” भन्ने अर्थाले बुझाइएको पाइन्छ । चित्रकार साहित्यकारको अतिरिक्त विश्वकर्मा अर्थात् कामी जातिले निर्माण गरिएको खुकुरीमा समेत खुकुरीको बिँडसँगै चन्द्रमाको आकार कुँदिएको छ । खुकुरीको बोधोभाग पही लामो दोहोरो रेखा कुँदिएकोलाई शिवपार्वतीले स्नान गर्ने कुण्ड पोखरीको रूपमा साधारण जनजीवनको विश्वास छ । अनि कलाकार चित्रकलाले शिवको निधारको बीच भागमा तीन आँखाको चित्र बनाएकोमा प्रसङ्गबस धनपैसा देखेपछि महादेवका तीन आँखा बल्छन् भनिन्छ । वास्तविक तथ्यमा “धन पैसा देखेपछि” भन्ने उपयुक्त नजिर हुन सक्दैन । विशेष बुझाईमा शिवले लाजगाजविहीन अवस्था पार गरेपछि बाघको छाला ओड्ने बाघाम्बर अवस्थाको पिँढीलाई शिकारी बोधक पिँढी र त्यस पिँढीबाट नै समाजमा बिस्तारै विकासक्रम मौलाएको नजीरका अवस्था चिनाउन बुझाउन भाषाशास्त्रीहरूले शिवको तीन आँखा उल्लेख गरेका हुन् भन्नु सायद अत्युक्ति नहोला ।
पूजा विशेषमा शिवमूर्तिको विशेष साङ्गोपाङ्गा पूजा र ज्योतिर्लिङ्ग स्वरूप शिवलिङ्गको पूजा गरिन्छ, शिवलिङ्ग सामान्य अर्थमा बुझिने पुरुषचिह्न होइन । संस्कृत भाषाका विशेषज्ञहरूले आकाशलाई लिङ्ग र पृथ्वीलाई आकाशरूपी लिङ्ग रहने जलहरि र सबै भगवान्का आश्रय हुने स्थललाई बुझाइएको पाइन्छ । लिङ्गलाई “लिङ्ग भनेको चिह्न वा प्रमाण हो” भनेका साङ्ख्य दर्शनले प्रकृति वा स्वभावलाई लिङ्ग सम्बोधन गरेका, शिवमूर्ति विशेष वा मोहिनीरूप भगवान्लाई लिङ्गको उपमाले चिनिने पनि गरेको पाइन्छ । शिवपूजाको अनेक विधि र चरण छन् । विभिन्न कार्य व्यवस्थामा लगनशील मानिसहरूले सो सबै विधि, चरण पालन गर्न नसक्ने हँदा “ॐ नमः शिवाय” मन्त्रमात्र उच्चारण गरे पनि शिव प्रशन्न हुने बताइएको छ । शिवलाई संहारका देवता भनिए पनि भक्तको आराधना प्रार्थनाबाट चाँडै नै सन्तोषी हुने हँुदा आशुतोष पनि भनिन्छ । लिङ्ग पुराणमा आफ्नो जीविका शिकार गरेर मात्र निर्वाह गर्ने व्यक्तिले अन्जानमा नै शिवलाई बेलपत्र चढाएको हँुदा शिकारी अथवा हिंसारूपी भावनाबाट मुक्त भएको कथा उल्लेख पाइन्छ ।
शिवको सद्गुण, मानवजातिका लागि दिशानिर्देशन, आदर्श एवं कल्याणकारी भावनाको प्रतीक शिव र त्यस्तो कल्याणकारी सन्देशलाई मनन गर्ने, मानवीय चेतना र आचरणमा शुद्धता ल्याउने उत्सव महाशिवरात्रि हो । अर्को अर्थमा ज्योतिर्लिङ्ग उत्पन्न भएको फागुन कृष्ण चतुर्दशीको रातलाई र सनातन धार्मीक परम्पराका तीन रात्रि कालरात्रि, महारात्रिमा शिवको आराधानाको पर्व विशेषमा शास्त्रहरूमा उल्लेख पाइन्छ । यो रातमा घरघरमा, बाटो चोकमा विशेष पशुपतिनाथलगायतका अन्य शिव मन्दिरमा शिवको उपासना आराधना गरेमा शिवको रहस्य, ज्ञानपाप्त भई मानव आत्माले मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ ।
महाशिवरात्रिमा जगाउने धुनी केवल आगो ताप्न मात्र नभई जीवनलाई बुझ्ने कलाका रूपमा जगाइएको भन्ने मान्यता पाइन्छ । नाङ्गाबाबा, जोगी, साधुको भेष र धुनीलाई आर्कषणको केन्द्र र रमितामा मात्र हेर्नु बुझ्नु यो पर्वको महिमा होइन । शिवलाई दिगम्बर अर्थात् कपडा नलगाउने भनिएको मा ज्ञाता शास्त्रकारहरूले दिग वस्त्रको रूपमा चिनाएका न । अति सामान्य व्यक्ति र शमशानमा रूपमा र गलामा सर्प, तिखो सिङ भएको साँढेको आडमा उभिनु कामक्रोध विषसँग खेल्न जुध्न सक्ने खुबीमा चित्रण गरिएको हो ।
मानव कल्याणका खाातिर भगवान् शिवको महिमाका बारेमा एउटा रोचक प्रसङ्ग पनि पाइन्छ । पृथ्वीका मानिस धेरै दुराचारी भएका कारण यमलोकमा भीडभाड बढ्न थालेपछि यमदूतले धर्तीबाट नै प्राणीलाई गतिमुक्त दिने विचार गरी भष्मलेपन गरी बागमतीमा स्नान गरी ऊःनमःशिवाय मन्त्र जप्ने । शिव स्वरूप ज्योतिर्लिङ्गलाई प्रार्थना गर्दै यमलोकमा पापीहरूलाई बस्ने ठाँउ नभएकाले धर्तीबाट नै उद्धार गरिदिनुप¥यो भने । शिवजीले तथास्तु भन्दै अबदेखि शवदाहको सबै भष्मकणहरू आफ्नो शिव लिङ्गमा समाहित हुने र त्यस क्षेत्रका पाणीहरूले जतिसुकै पाप गरे पनि मुक्त हुने कुरा बताउनुभयो । त्यसै कारणले गर्दा मानिसहरूको अन्तिम संस्कार अर्थात् शवदाह पशुपति आर्यघाटमा गर्ने चलन चलेको हो । नेपालस्थित पशुपतिनाथको विशेष महिमा विषयमा नेपाल भारतका तीर्थ यात्रीहरूले भारतका कुनै पनि तीर्थ यात्रा र दर्शनपछि आ–आफ्नौ घरमा प्रवेश गर्नुअधि सो सबै तीर्थ दर्शनको फल लिन पशुपतिनाथमा दर्शन गर्नैपर्ने शास्त्रीय मत छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds