• १३ वैशाख २०८१, बिहिबार

पाँच वर्ष उपलब्धिमूलक

blog

छवि पाण्डे 

बुटवल, पुस २९  गते । लुम्बिनी प्रदेश सरकार स्थापना भएको पहिलो पाँच वर्षमा लुम्बिनी प्रदेशमा ७४९ किलोमिटर सडक कालोपत्रे भएको छ । 

त्यसैगरी ९८८ किलोमिटर सडक ग्राभेल भएको छ भने कल्भर्ट र कजवे गरी तीन हजार ३४५ वटा निर्माण सम्पन्न भएका छन् । प्रदेश सरकारले विगत पाँच वर्षमा गरेका प्रमुख कामको विषयमा पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सार्वजनिक गर्नुभएको प्रगति विवरणमा सडक पुल ७४ वटा निर्माण सम्पन्न भएको र २३ वटा झोलुङ्गे पुल बनेको उल्लेख छ । 

त्यसैगरी १२ हजारभन्दा बढी हेक्टरमा सिँचाइ सुविधा पुगेको, २६६ वटा सिँचाइ बाँध निर्माण भएको, ५३७ किलोमिटर पक्की नहर निर्माण भएको प्रदेशको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । 

पूर्वमुख्यमन्त्री केसीले ६८ वटा लिफ्ट सिँचाइ, १७४ वटा डिप ट्युबवेल, २६५ पम्प हाउस, १२२ किलोमिटर नदी नियन्त्रण, दुई हजार ११५ हेक्टर जमिन नदी नियन्त्रणबाट उकास भएको, नदी नियन्त्रण तथा तटबन्धबाट १४ हजार छ सय घर संरक्षण भएको उल्लेख गर्नुभएको छ । 

प्रदेश सरकारले मुटु, मिर्गौला र क्यान्सर रोगको उपचारार्थ विपन्न नागरिक उपचारमा थप दुई लाख प्रतिव्यक्ति उपचार सहायता उपलब्ध गराउने कार्यक्रमअन्तर्गत कार्यविधि तर्जुमा गरी ५७६ जनाले सहायता प्राप्त गरेको प्रदेश सरकारले पाँच वर्षमा गरेको प्रगति विवरणमा उल्लेख छ ।

कोभिड–१९ को रोकथाम उपचार र नियन्त्रण गर्न ‘डेडिकेटेड’ कोभिड अस्पताल निर्माण गरी उपचार र नियन्त्रण गरिएको, सबै जिल्ला अस्पताललाई ५० शøया अस्पतालमा स्तरोन्नति गरिएको, दुई प्रादेशिक अस्पताललाई विशिष्ट सेवा उपलब्ध गराउने गरी स्तरोन्नति गरिएको, राप्ती र लुम्बिनी प्रादेशिक अस्पतालमा बहिरङ्ग सेवा र साधारण श-या सेवामा लाग्ने शुल्क गत साउन १ गतेदेखि निःशुल्क गरिएको विवरणमा उल्लेख गरिएको छ । 

प्रदेशको प्रगति विवरणमा सिकलसेलको निदान र उपचारका लागि तराईका छवटा जिल्लाका आठवटा अस्पतालमा सिकलसेल कर्नर स्थापना गरिएको, दुर्गम जिल्लामा विशेषज्ञ चिकित्सासम्बन्धी सेवा पु-याउन विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि कार्यान्वयनमा ल्याइएको उल्लेख छ । प्रदेश सुशासन ऐन तथा नियमावली निर्माण गरी कार्यान्वयनमा ल्याइएको र आन्तरिक नियन्त्रण र सार्वजनिक खर्च व्यवस्थापनका लागि मापदण्ड तयार गरिएको विषय पनि समावेश गरिएको छ । 

प्रदेशमा प्राविधिक जनशक्ति उत्पादन र गुणस्तरीय शिक्षा अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँके जिल्लाको खजुरा गाउँपालिकामा स्थापना गरिएको कुरालाई पनि प्रदेशको उपलब्धिका रूपमा उल्लेख गरिएको छ । केसीले लुम्बिनी प्रदेशको स्थायित्व र विकासका लागि आगामी दिनमा सबै दल र सरकारसँग हातेमालो गरी अघि बढ्ने पनि प्रतिबद्धता जनाउनुभएको छ ।