• ११ वैशाख २०८१, मङ्गलबार

हेल्प नेपाल समूह विजेता

blog

क्लब भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं, पुस २८ गते । हेल्प नेपाल सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ समूह ‘डी’ को विजेता बनेको छ । यसअघिनै क्वार्टरफाइनलमा स्थान बनाएको हेल्प नेपालले लगातार तेस्रो जित निकाल्ने क्रममा बिहीबार मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा हेल्प नेपालले २५–१८, २५–२२, २५–८ को जित निकालेको थियो । यस समूहबाट केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ । बिहीबार केशवलाल स्मृतिले बुढानीलकण्ठ भलिबल क्लबलाई २७–२५, २५–१८, २५–१६ को सेटमा हरायो । 

यसैगरी समूह ‘सी’ मा गण्डकी प्रदेश समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गण्डकीले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१२, २५–९, २५–१० को सेटमा हरायो । महिलातर्फ बिहीबार साबिक विजेता न्यु डायमन्ड यूथ स्पोर्ट्स क्लबलाई ३–२ सेटमा पराजित नेपाल पुलिस क्लब समूह ‘ए’ विजेता बनेको छ ।

पुलिसले न्यु डायमन्डलाई २५–२२, २२–२५, २५–१४, २३–२५, १५–१० ले हराएको थियो । समूह ‘बी’ मा एपीएफ क्लबले गण्डकी प्रदेशलाई २५–४, २५–६, २५–३ सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।