• ८ वैशाख २०८१, शनिबार

स्ववियु निर्वाचन चैत ५ गते हुने

blog

त्रिभुवन विश्वविद्यालय । फाइल तस्बिर

काठमाडौं, पुस २८ गते । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत ५ मा हुने भएको छ ।  

त्रिवि रजिस्ट्रार कार्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालद्वारा बिहीबार सूचनामा जारी गर्दै चैत ५ गते चुनाव हुने जानकारी गराइएको हो । 

सूचनामा भनिएको छ, “त्रिभुवन विश्वविद्यालयको आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा मिति २०७९/१२/५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएकोले पूर्व तयारी गराउन हुन सम्बन्धित सम्पूर्ण क्याम्पसहरूको लागि यो सूचना प्रकाशित गरिएको छ।”

यसअघि त्रिवि कार्यकारी परिषद्को बैठकले पुस २२ गते चैत ५ मा स्ववियु निर्वाचन गर्न सिफारिस गरेको थियो। स्ववियुको नियमित निर्वाचन दुई÷दुई वर्षको अन्तरालमा फागुन १४ गते हुने प्रावधान राखिएको छ ।

विभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनले फागुन मसान्त वा चैत १४ गतेभित्रै स्ववियु निर्वाचन सम्पन्न भइसक्नुपर्ने बताउँदै आएका थिए ।