• १६ चैत २०८०, शुक्रबार

कमल र अस्मिताको 'ख्याल ठट्टा'

blog

काठमाडौं, पुस २८ गते । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा ‘ख्याल ठट्टा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गीतकार सुधा मरहट्ठाको शब्द, शंकर थापा 'स्माइल'को  सङ्गीत छ । गीतलाई उदय राज पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो ।

म्युजिक भिडियोमा हास्य कलाकार किरण केसी, मोडल कमल सिंह, अस्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय छ । दीपक गिरीले छायाङ्कनमा तयार भएको भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । 

'सनराईज म्युजिक' नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको भिडियोका निर्देशक सशान कँडेल हुनुहुन्छ ।