• १२ वैशाख २०८१, बुधबार

एपीएफ क्वार्टरफाइनलमा

blog

बागमती गोल्डकपमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

राममणि दाहाल 

हेटौँडा, पुस २८ गते । विभागीय टोलीको एपीएफ क्लब मकवानपुरको फापरबारीमा जारी पाँचौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जनता माविको खेल मैदानमा बुधबार भएको खेलमा एपीएफ क्लबले मच्छिन्द्र क्लबलाई १–० गोलले हरायो ।

एपीएफको जितमा मणि लामाले निर्णायक गोल गर्नुभयो । लामाको लामो प्रहार मच्छिन्द्रका विदेशी खेलाडी डी मारियालाई लाग्दै गोलमा परिणत भएको थियो । लामा नै म्यान अफ दि म्याच घोषित हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

बागमती खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता विजेता टोली आठ लाख र उपविजेताले चार लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता छ ।