• ७ वैशाख २०८१, शुक्रबार

बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौंमा

blog

बलिउड अभिनेत्री मलाइका अरोरा ।

काठमाडौं, पुस २८ गते । बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुग्नुभएको छ । नेपाल रत्न तथा आभूषण सङ्घले आयोजना गर्न लागेको फेसन रनवेमा शो–स्टपरको रुपमा भाग लिन अभिनेत्री अरोरा काठमाडौं आउनुभएको हो ।

रत्न तथा आभूषण प्रदर्शनीको हिस्सा बन्न पाउँदा खुसी लागेको र नेपाली गहना र फेसन लगाउने अवसर पाउँदा निकै हर्षित भएको बताउनुभयो । नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो ।