‘जनसेवा स्पोर्टस मिट–२०७४’

janasewa

गोरखापत्र समाचारदाता-
कीर्तिपुर, माघ २२ गते । जनसेवा मावि, पाँगाले माघ २४ देखि २६ सम्म ‘जनसेवा स्पोर्टस मिट–२०७४’ सञ्चालन गर्ने भएको छ ।
यहाँस्थित विद्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा प्राचार्य नन्दकुमारी महर्जनले विद्यार्थीको शैक्षिक भविष्यजस्तै खेलकुद भविष्य पनि सुनिश्चितताको लागि खेलकुद प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
सहायक प्राचार्य दुर्गावहादुर महर्जनले ३२ इभेन्टको ६ तहमा हुने उक्त स्पोर्टस मिटमा छात्र तथा छात्राको लागि ३८ स्वर्ण, ३८ रजत र ५३ कास्यका लागि प्रतियोगिता हुने जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds