मालपोत कार्यालय र बसमा तोडफोड

u
झापा चैत २४ गते । बन्दको अवज्ञा गरेको भन्दै वन्दकर्ताले झापाको दमकस्थित मालपोत कार्यालयमा तोडफोड गरेका छन् ।
मोटरसाइकलमा चालिसपचास जनाको सँख्यमा आएका बन्द कर्ताले मालपोत कार्यालयभित्र प्रवेश गरेर अधिकृतको कार्यकक्षमा रहेका दुईवटा टेवलका शिसा फुटाइएका छन् । दमकस्थित मालपोत कार्यालय प्रमुख डाक्टर बच्चुराम कार्कीले बन्द गर्न दवाव दिदै आएको समुहले तोडफोड गरेको बताउनु भयो ।
हातहातमा ढु्ङ्गा बोकेर कार्यालयमा पसेका बन्दकर्ताले शिशामा हानेर फुटाएका थिए । तोडफोड पछि असुरक्षा महसुुुस गर्दै कार्यालयको गेटमा नै ताला लगाइएर बन्द गरिएको छ भने कार्यालका दैनिक कामकाज समेत प्रभावित भएको छ ।
त्यसैगरि बन्दको अवज्ञा गरेको भन्दै पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको दमकस्थित रतुवा पुलमा एउटा बसलाई तोडफोड गरेका छन् । बस तोडफोडमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय दमकबाट प्राप्त जानकारी अनुसार पूर्ववाट पश्चिमतर्फ जाँदैगरेको वा ३ ख २२९९ नम्वरको बसमा ढुङ्गामुडा गरेर तोडफोड गरेका थिए । तोडफोडमा संलग्न रहेको आशंकामा दमकका शंकर रोक्का र प्रकाश पोख्रेललाई नियन्त्रणमा लिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना