• ८ वैशाख २०८१, शनिबार

पूर्वी नवलपरासीको तीन गाउँपालिकामा बिजुली पुग्दै

blog

होमराज रानाभाट

कावासोती, पुुस २१ गते । पूर्वी नवलपरासीको तीन गाउँपालिका नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणमा जोडिन लागेको छ । हुुप्सेकोट, बुुलिंगटार र बौदीकाली तीन गाउँपालिकाका १३ वडाका ५० हजार जनता राष्ट्रिय विद्युुतको पहुुँचमा पुग्दैछ 

अहिले राष्ट्रिय प्रसारणको बिजुुली पुु¥याउने उद्देश्यका साथ विजुुलीको पोल गाड्ने काम भइरहेको छ भने कतै टान्समिटर बनाएर चाँडै नै बिजुुली बाल्ने र उज्यालो नवलपुुर अभियान सफल पार्न काम अगाडि बढेको नेपाल विद्युुत प्राधिकरण कावासोतीका निमित्त प्रमुुख निश्चल अधिकारीले बताउनुुभयो । 

अहिले बुुलिंगटार, बौंदीकाली र हुुप्सेकोटका १३ वडामा विद्युुत सेवा पुु¥याउने गरी आगामी दशैँसम्म नवलपुुरका ९२ वडामा नै बिजुुली पु¥याएर नवलपुुर जिल्ला उज्यालो जिल्लाका रुपमा जोडिने निमित्त प्रमुुख अधिकारीले बताउनुुभयो । 

लघुजल विद्युतमार्फत जेनतेन बिजुली बालेर जीवन बिताउन बाध्य त्यहाँका जनता अब भने चाँडै नै केन्द्रीय विद्युत् प्रसारणसँग प्रत्यक्ष जोडिने स्थानीयले बताएका छन् ।

अहिले हुुप्सेकोट, बुलिंगटार र बौंदीकाली गाउँपालिकाका १३ वडामा नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा दिन प्रक्रिया शुरु गरेपछि भने पहाडी क्षेत्रका जनताले केही आशा पलाएको अनुभव गर्न थालेका बौंदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले  बताउनुभयो ।

बुलिंगटार गाउँपालिकाको अर्खलामा सवस्टेशन निर्माण द्रुत गतिमा भइरहेको र विद्युत प्राधिकरण कावासोतीले तीन गाउँपालिकामा आगामी असोजसम्म सबै ठाउँमा विद्युुत पुु¥याउने र झिलिमिली नवलपुुर हुुने कावासोती विद्युत प्राधिकरणका निमित्त प्रमुख निश्चल अधिकारीले बताउनुभयो । 

यहाँबाट ३३ केभी लाइन विस्तार गरी जिल्लाको पहाडी तीन  गाउँपालिकामा  विद्युत् विस्तार गरिने गरी प्रक्रिया अघि बढेपछि बुलिंगटार र बौंदीकाली र हुुप्सेकोट गाउँपालिकाका ५९ हजार स्थानीय जनता लाभान्वित हुने अध्यक्ष ओझाले बताउनुभयो । 

आयोजना विस्तार भएपछि तीन गाउँपालिकाका झण्डै ५९ हजारले लाभ लिने आयोजनाले जनाएको छ । देवचुलीको प्रगतिनगर सब स्टेसनबाट मुडाबास, मुन्ड़े हुँदै बोझा पोखरीसम्म उक्त लाइन विस्तार अघि बढेपछि पहाडी तीन गाउँपालिकामा काम अघि बढेको छ ।