• १३ वैशाख २०८१, बिहिबार

दुर्घटनामा चालक घाइते

blog

शिवराज ढुङ्गाना 

अछाम, पुस २१ गते । मध्यपहाडी राजमार्गको मङ्गलसेनमा बिहीबार हायस दुर्घटना हुँदा अछाममा एक चालक घाइते भएका छन् । लु २ ख ६४८० नम्बरको हायस दुर्घटना हुँदा चालक कमलबजार नगरपालिका –५ विरपथका श्याम खत्री घाइते भएका हुन् । 

घाइतेको जिल्ला अस्पताल अछाममा उपचारपछि थप उपचारका लागि अन्य अस्पतालमा लैजाने तयारी रहेको बताइएको छ । हायसमा अन्य व्यक्ति नभएकाले मानवीय क्षति नभएको अछाम प्रहरीका निमित्त प्रमुख कैलाशसिंह विष्टले जानकारी दिनुभयो । 

हायस दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । सो हायस मङ्गलसेन–सुर्खेत हुँदै नेपालगञ्जमा ओहोरदोहोर गर्ने गर्दथ्यो ।