• ७ वैशाख २०८१, शुक्रबार

भारतीय मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, पुस २१ गते  । सर्लाहीको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा बुधवार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । 

गाउँको भित्री सडक खण्डमा बीआर ०१ बी ५९१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँ बस्ने ७५ वर्षीया नथुनी बैठाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएको बैठाको उपचारका क्रममा गाउँकै एक स्वास्थ्य संस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।  

दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिइ प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।