• १६ चैत २०८०, शुक्रबार

भारतीय महिलाको शव फेला

blog

धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनर्वामा फेलापरेको भारतीय महिलाको शव । तस्बिर : विजयकुमार साह

 विजयकुमार साह 

ढल्केवर, पुस २० गते । धनुषाको जनकनन्दनी गाउँपालिका –१, इनर्वामा एक भारतीय महिलाको शव फेला परेको छ । इनर्वास्थित मनोज यादवको खेतमा नाम थर नखुलेको एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले मृतक महिलाको झोलाबाट सानो कागजमा फोन नम्बर भेटिएको र उक्त फोन नम्बरमा कुरा गर्दा भारत मुज्जफरपुरको महिला हो भनी खुल्न आएको बताउनुभयो । 

घटनास्थलको कानुन बमोजिक प्रारम्भिक अनुसन्धान पश्चात महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको क्षेत्रीले जानकारी दिनुभयो ।