• ८ वैशाख २०८१, शनिबार

बुद्धभूमिमा राष्ट्रपति रनिङ शिल्ड सुरु

blog

राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गरिँदै । तस्बिर : गोरखापत्र

नारद कोहार

तौलिहवा, पुस २० गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड र मेयर कप प्रतियोगिता सुरु भएको छ । कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले मंगलबार प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

स्वास्थ्य, शिक्षा, रोजगार जस्ता आधारभूत आवश्यकतालाई कागजमा होइन व्यवहारमा लागु गर्नु पर्ने प्रतिनिधि सभा सदस्य आचार्यले बताउनुभयो । उहाँले बुद्धुभुमि नगरपालिकामा रङ्गशाला निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

खेल क्षेत्रसँगै सांस्कृतिकलाई पनि विशेष ध्यान दिनु पर्ने प्रदेश सदस्य नवराज लामिछानेले बताउनुभयो । नगरपालिकाले ६ करोड लगानीको रङ्गशाला निर्माणका लागि पहल गरेको र यसको डिभिआर तयार भइसकेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो । 

त्यसका लागि सङ्घीय र प्रदेश सरकारसँग माग समेत गरिएको बताउनुभयो । राष्ट्रपति रनिङ शिल्डमा १८ विद्यालयका विद्यार्थी तथा मेयर कप फुटबलमा सात वडाका सातै टोलीको सहभागिता रहेको छ । प्रतियोगिता पुस २३ गतेसम्म चल्ने छ ।