• ७ वैशाख २०८१, शुक्रबार

थातथलोको मोहले फर्कायो खुसी

blog

पुर्खा म्यानमार गएको १०७ वर्षपछि पुनर्मिलन भएको परिवारसँग फोटो खिचाउँदै गङ्गाप्रसाद पोखरेल ।

कविराज घिमिरे

हिले (धनकुटा), पुस २० गते । पुर्खा तथा थातथलोको मोह र सम्मान कतिसम्म रहन्छ भन्ने उदाहरणीय घटना धनकुटामा भएको छ । जन्मथलोको मात्र होइन थातथलो हेर्ने र परिवारमा पुनर्मिलन हुने चाहले ८१ वर्षीय वृद्ध गङ्गाप्रसाद पोखरेललाई १०७ वर्षपछि म्यानमारबाट धनकुटाको चुङ्माङसम्मको यात्रा गराएको हो ।

गङ्गाप्रसाद नेपालमा होइन म्यानमारमा जन्मनुभयो, उतै हुर्कनुभयो र जिन्दगीको ८१ वर्ष म्यानमारमै बिताउनुभयो । केही दिनअघि भने उहाँ धनकुटाको पाख्रिवास नगरपालिका–१०, चुङ्माङ आइपुग्नुभएको छ, जुन उहाँको पुर्खाको जन्मभूमि हो ।

पाको उमेरको समेत परवाह नगरी जीवनको उत्तराद्र्धमा आउनुको कारण दर्शाउँदै पोखरेलले भन्नुभयो, “यो एक तीर्थस्थल हो, म यहाँ तीर्थको दर्शन गर्न आएको हुँ । यहाँ आएर मैले पुर्खाले खेलेको, हुर्केको, कुदेको कल्पना गर्न पाएँ ।” बच्चादेखि नै यस ठाउँका बारेमा बुवाबाट सुने पनि ८१ वर्षको उमेरमा आफ्नै आँखाले देख्न र खुट्टाले टेक्न पाउँदा असाध्यै खुसी लागेको पोखरेलको भनाइ छ । 

यसरी आर्थिक, सामाजिक तथा अन्य परिवेश देखाउँदै गाउँघर तथा देश छाड्ने प्रचलन बढ्दै गएको अहिलेको सन्दर्भमा जन्मभूमिको महìव कति हुँदो रहेछ भन्ने उदाहरण बन्नुभएको छ ८१ वर्षीय पोखरेल । गङ्गाप्रसाद स्थानीय मोहनलाल पोखरेलका नाति हुनुहुन्छ । मोहनलालका तीन छोरामध्ये दुई भाइ चुङ्माङमै रहनुभयो । कान्छा छोरा चन्द्रकान्त भने वि.सं. १९७२ सालमा म्यानमारतर्फ लाग्नुभयो । जतिबेला उहाँ १५ वर्षको मात्रै हुनुहुन्थ्यो । गङ्गाप्रसाद उनै चन्द्रकान्तका छोरा हुनुहुन्छ । 

चन्द्रकान्त म्यानमारतर्फ लागे पनि नेपालमा रहेका दाजुभाइ र परिवारका अन्य सदस्यलाई उहाँ कहाँ गएको भन्ने थाहा थिएन तर चन्द्रकान्तले भने म्यानमार पुगेर उतै घरजम गरिसक्नुभएको थियो । 

चन्द्रकान्तले समेत जीवनको उत्तराद्र्धमा नेपाललाई धेरै सम्झिएको भए पनि फेरि फर्केर आउन भने नपाएको छोरा गङ्गाप्रसादले बताउनुभयो । बुवाले चर्चा गरेकै कारण पनि आफूलाई नेपाल आउने इच्छा पलाएको तर जीवनको उत्तराद्र्धमा मात्रै यो अवसर जुरेको उहाँले  बताउनुभयो । 

नेपाल आएपछि ठूलोबुवा लोकनाथ पोखरेलका परिवारसँग उहाँको भेट भयो । यो दुई परिवारको १०७ वर्षपछिको भेट थियो । यता १०७ वर्षपछि भेट हुँदा ठूलो बुवाका छोरा दाजु चूडामणि पोखरेलको भने मृत्यु भइसकेको थियो तर भाउजू, भतिजाभतिजीसँग भेट भयो, उहाँहरू पनि चुङ्माङ बसाइँ सरेर झापा गइसक्नुभएको थियो । गङ्गाप्रसाद त्यही पत्ता लगाएर सिधै झापा जानुभयो र झापाबाट पुख्र्यौली थलो चुङ्माङ हेर्न आउनुभयो । नेपालमा रहने लोकनाथ पोखरेलका परिवारले भने चन्द्रकान्तका परिवार हराएको वर्षौं हुँदासमेत सम्पर्क तथा भेटघाट नभएकाले चन्द्रकान्तको परिवार नै छैन