• ८ वैशाख २०८१, शनिबार

आयोगको जरिवानाविरुद्ध बालेन्द्र साहद्वारा सर्वोच्चमा निवेदन

blog

काठमाडौं महानगर प्रमुख बालेन्द्र साह । फाइल तस्बिर

काठमाडौं, पुस १९ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निर्वाचन आयोगले तोकेको जरिवानाविरुद्ध सर्वोच्च अदालतमा निवेदन पेस गर्नुभएको छ । मङ्गलबार प्रमुख साहले सर्वोच्चको संवैधानिक इजलासमा निवेदन पेस गर्नुभएको हो ।

वैशाख ३० गते सम्पन्न चुनाव खर्च ढिलो गरी बुझाएको भन्दै निर्वाचन आयोगले प्रमुख साह लगायतलाई जरिवाना तोकेको थियो ।

आयोगले प्रमुख साहलाई सात लाख ५० हजार रुपियाँ जरिवाना तोकेको थियो । त्यस्तै, सात लाख ५० हजार रुपियाँ चुनाव खर्च गर्न पाउने भए पनि आफूले तीन लाख ९४ हजार ४८९ रुपियाँ मात्रै खर्च भएको विवरण साहले आयोगमा बुझाएको बताउनुभएको छ ।

‘आयोगको बैठकको निर्णयमा १,२३,६२४ जना उम्मेदवारलाई जरिवाना गर्ने र त्यस्तो जरिवाना रकम नबुझाउने व्यक्तिलाई छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने भनिएको छ ।,’ साहले सर्वोच्चमा पेस गर्नुभएको निवेदनमा उल्लेख छ ।