• १६ चैत २०८०, शुक्रबार

सङ्घीय मेला भलिबल उपाधि थुम्बेदिनलाई

blog

खेल सञ्चालन गर्न बल हस्तान्तरण गर्दै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित सङ्घीय मेलाको अवसरमा आयोजित भलिबल उपाधि थुम्बेदिनले जितेको छ । छिमेकी जिल्ला पाँचथरको नागीलाई पराजित गर्दै पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिन युनाइटेड क्लबले भलिबल उपाधि जितेको हो । 

भलिबल प्रतियोगिताको उपाधि जितसँगै थुम्बेदिनले ६० हजार रुपियाँ नगद पुरस्कारसाथ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको पाँचथरको नागीले ३५ हजार रुपियाँ नगदमा चित्त बुझायो । 

प्रतियोगितामा तृतीय बनेको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमको लालीगुराँस युवा क्लबले नगद १० हजार रुपियाँ सान्त्वना पुरस्कार पाएको छ । एक दशक अघिदेखि लाग्दै आएको सङ्घीय मेलाको अवसरमा भलिबल प्रतियोगिता, साङ्गीतिकलगायतका गतिविधि आयोजना हुने गरेको छ ।