• १६ चैत २०८०, शुक्रबार

शपथ लिन बाँकी सांसद आले र राईले आज शपथ लिँदै

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १९ गते । नेकपा (एकीकृत समाजवादी पार्टी) का सांसद प्रेमबहादुर आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार आज दुवै सांसदले दिउँसो १२ः३० बजे संसद् सचिवालयमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिनुहुनेछ । 

सांसद आलेको आमाको निधन भएपछि शपथ लिन पाउनु भएको थिएन । त्यस्तै, सांसद राई सुत्केरी भएपछि शपथ लिन पाउनुभएको थिएन । यसअघि पुस ८ गते महेन्द्र राय यादव र राजकुमार राईले शपथ लिनुभएको थियो ।