• १५ चैत २०८०, बिहिबार

तराईमा चिसो बढेसँगै जनजीवन कष्टकर (फोटो फिचर)

blog

कपिलवस्तु, पुस १९ गते । कपिलवस्तु लगायत तराइका जिल्लाहरूमा केही दिनदेखि चिसो बढेसँगै शीतलहर सुरु भएको छ । शीतलहरसँगै यहाँको जनजीवन प्रभावित भएको छ। 

विशेष गरी ग्रामीण भेगहरूमा जनजीवन प्रभावित भएको र चिसोबाट बच्न आगो तापेर बस्ने गरेका छन् । मानिससँगै चौपायालाई समेत समस्या हुने गरेकाले बाक्लो लुगा लगाइदिएका छन्। 

विद्यार्थीहरू पनि तातो लुगा लगाएर विद्यालय गइरहेका छन् । सम्भावित तराई क्षेत्रमा शीतलहरले गर्दा विद्यालय समेत करिब १५ दिन बिदा हुने गर्दछ।।  यस शीतलहरबाट ज्येष्ठ नागरिक, दिर्घरोगी, दमका रोगीहरूलाई समस्या हुने गरेको स्थानीयको भनाई छ। साता देखि मौसम बदली भई घाम नलागेपछि थप चिसो बढेको छ । 




Author
राजेश ढुंगाना

ढुंगाना गोरखापत्र संस्थानका पूर्व प्रमुख फोटो सम्पादक तथा हाल स्वतन्त्र फोटो पत्रकार हुनुहुन्छ ।