• १५ चैत २०८०, बिहिबार

सरकारमा सहभागिताबारे जसपा अनिर्णीत

blog

ललितपुर, पुस १९ गते । जनता समाजवादी पार्टी (जसपा)को राजनीतिक समितिको बैठक सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा ठोस निर्णय नगरी टुङ्गिएको छ । सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न बसेको जसपा बैठकमा सोमबार सबै नेताले धारणा राख्न समय नपुगेको भन्दै बैठक निष्कर्षविहीन टुङ्गिएको जनाइएको छ ।  

जसपाका प्रवक्ता मनीष सुमनले सोमबारको बैठकमा सरकारमा सहभागिता, पछिल्लो राजनीतिक परिस्थिति र जसपाको भूमिका र निर्वाचनको समीक्षालगायतका विषयमा केन्द्रित भएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठक पुनः मङ्गलबार बस्नेछ ।  

बैठकमा विधान महाधिवेशन र सङ्गठनलाई क्रियाशील बनाउने विषयमा सदस्यले धारणा राख्नुभएको थियो । प्रतिनिधि सभामा १२ सिट भएको जसपाले सात दलीय गठबन्धनको सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । जसपाले सरकारमा सहभागी हुने  विषयमा भने निर्णय गरेको छैन । प्रवक्ता सुमनले नेकपा (एस)सँग पार्टी एकताको प्रयास भइरहेको जानकारी दिनुभयो ।