• १४ वैशाख २०८१, शुक्रबार

तीन सय शय्याको अस्पताल निर्माण हुने

blog

काठमाडौँ, पुस १९ गते । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले तीन सय शय्याको नयाँ भवन निर्माण गर्ने भएको छ । हाल उक्त अस्पतालमा एक सय शय्या सञ्चालनमा छन् । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले यसका लागि भवन निर्माणको काम सुरु गर्ने जानकारी दिनुभयो । अस्पताल भवनको डिजाइन तयार भइसकेको छ । 

तीन अर्ब रुपियाँको लागतमा निर्माण हुन लागेको भवन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरिनेछ । यसअघि सरकारको प्राथमिकतामा नपरेको सरुवा रोग अस्पताल कोभिड–१९ महामारीपछि केन्द्रमा तीन सय शय्या र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने योजना बनाइएको थियो । टेकु अस्पतालका सूचना अधिकारी नवराज गौतमले नयाँ भवन निर्माण गर्न पुराना भवन भत्काइने बताउनुभयो । उपचारका लागि अस्थायी संरचना निर्माण गरिनेछ । नयाँ भवन छ तलाको हुनेछ ।