• १३ वैशाख २०८१, बिहिबार

माघ २ गते मधेस प्रदेश सभामुखको निर्वाचन

blog

धर्बेन्द्र झा 

धनुषा, पुष १८ गते । मधेस प्रदेशसभा अधिवेशनको पहिलो बैठकले प्रदेश सभा सभामुखको निर्वाचन माघ २ गते सोमबार गर्ने निर्णय गरेको छ । प्रदेशसभा सचिवालयका निमित्त सचिव रंजितकुमार यादवलाई सभामुख निर्वाचनका लागि निर्वाचन प्रक्रियाको सूचना पुस २९ गते सार्वजनिक गर्न बैठकले निर्देशन दिएको छ ।

प्रदेशसभा मधेश प्रदेशको पहिलो अधिवेशनको पहिलो बैठकलाई अध्यक्षता गर्दै सुरुमै प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले प्रदेशसभाको पहिलो अधिवेशन प्रारम्भ भएको भनी प्रदेश प्रमुख हरिशंकर मिश्रले पठाएको पत्र पढेर अधिवेशन सुरु भएको जानकारी गराउनुभएको थियो । 

आजको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य न्यौपानेले प्रदेश प्रमुखले पठाएको पत्र पढेपछि बैठकमा सहभागी प्रदेशसभा सदस्यहरूलाई स्वागत र बधाइ ज्ञापन गर्दै प्रदेशसभा सञ्चालनका लागि प्रदेशसभाको कार्य सञ्चालन नियमावली २०७५ पारित गर्न निर्माणार्थ प्रस्तुत गर्नुभयो । सो प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो । 

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विगत पाँच वर्षमा प्रदेश सरकारले संविधान र सङ्घीयताको सफल कार्यान्वयनका लागि कानुन निमार्णको कामलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । अहिलेसम्म ५५ वटा विधेयक प्रदेशसभाबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको बताउनु भयो ।