• १६ चैत २०८०, शुक्रबार

राजदूत अधिकारी र प्रधानमन्त्रीका विशेष सहायकबीच भेटवार्ता

blog

काठमाडौँ, पुस १८ गते । पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेश मामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग आज इस्लामाबादस्थित उहाँको कार्यकक्षमा भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–पाकिस्तान सम्बन्ध र यसका ऐतिहासिक घटनाक्रमबारे छलफल भएको थियो । 

भेटमा उहाँहरूबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का साथै दक्षिण एसियामा क्षेत्रीय सहयोग प्रवर्द्धनबारे छलफल भएको इस्लामाबादस्थित नेपाली राजदूतावासले बताएको छ । रासस