• ८ वैशाख २०८१, शनिबार

फिदिम स्पोर्टिङलाई उपाधि

blog

विजेतालाई ट्रफी प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, पुस १८ गते । चौथो फिदिम नगर गोल्डकपको उपाधि फिदिम स्पोर्टिङ क्लबले जितेको छ । पाँचथरको फिदिम स्थित बराजु रङ्गशालामा सोमबार भएको फाइनल खेलमा स्पोर्टिङ क्लबले पशुपतिनगर फुटबल क्लब इलामलाई २–० गोलले हरायो । जितसँगै स्पोर्टिङले एक लाख ७० हजार रुपियाँ पुरस्कार पायो । 

उपविजेता पशुपतिनगरले ९० हजार रुपियाँ प्राप्त गरेको छ । तमु ल्होसार पर्वका अवसरमा आयोजित प्रतियोगिताका विजेता टोली र खेलाडीलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपानेले पुरस्कार प्रदान गर्नुभयो ।