• १३ वैशाख २०८१, बिहिबार

रोहिणी गाउँपालिकाका विद्यालय छ दिन बन्द

blog

कपिल ज्ञवाली
सिद्धार्थनगर, पुस १८ गते ।
 निरन्तर चिसो बढ्दै गएपछि रुपन्देहीको रोहिणी गाउँपालिका भित्रका विद्यालयहरू भोलि (मङ्गलबार)बाट बन्द हुने भएको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै पालिकाभित्र रहेका विद्यालयहरू छ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बालबालिकाहरूको स्वास्थ्यलाई मध्यनजर गरी मङ्गलबारदेखि पुस २४ गते आइतबारसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरू बन्द रहने जानकारी दिनुभयो ।

मौसम प्रतिकूल भई चिसो बढ्दै गएकाले वर्षे बिदाबाट कट्टी हुने गरी छ दिन विद्यालयहरू बन्द रहने सूचनामा उल्लेख छ । रुपन्देहीमा दुई दिनदेखि बाक्लो हुस्सु र कुहिरो लागेपछि जनजीवन थप प्रभावित बनेको छ ।