• ७ वैशाख २०८१, शुक्रबार

धनुषामा राहदानीसम्बन्धी काम स्थगित

blog

विजयकुमार साह
ढल्केवर, पुस १८ गते ।
धनुषामा राहदानीसम्बन्धी सम्पूर्ण काम रोकिएको छ । सर्भरमा समस्या उत्पन्न भएपछि राहदानीसम्बन्धी सम्पूर्ण काम रोकिएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै सर्भरमा समस्या आएकाले राहदानी सम्बन्धी सम्पूर्ण सेवा स्थगित गरिएको जनाएको छ ।

विभागबाट सर्भर समस्या समाधानको प्रयास भइरहेकाले अर्को सूचना जारी नभएसम्म स्थगित रहने जानकारी सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय धनुषामा दैनिक ५० भन्दाबढी राहदानीसम्बन्धी काम हुने गरेको थियो ।