• १३ वैशाख २०८१, बिहिबार

युक्रेनी राजधानी हवाई आक्रमण

blog

कीभ, पुस १८ गते । युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाई हमला गरिएको छ । सहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

कीभ सहर सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले राजधानीविरुद्ध सुरु गरिएका सबै ३२ वटै हवाई आक्रमणहरूलाई निस्तेज गरिएको बताएको छ । 

हवाई अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई मान्य क्षति पुगेको छ भने स्थानीय सबवेको सञ्चालनमा बाधा पुगेको छ ।

यसैगरी, कीभ क्षेत्रमा ड्रोन आक्रमणमा पूर्वाधार सुविधा क्षतिग्रस्त भएको किभ क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सी कुलेबाले टेलिग्राममा बताएका छन् । यद्यपि युक्रेनी  आक्रमणबाट राजधानी र कीभ क्षेत्रमा कुनै हताहतीको भने भएको छैन ।

रुसले जम्माजम्मी ४५ लडाकु ड्रोनहरू प्रक्षेपण गरेको  छ । त्यसमध्ये ३२ वटा आइतबार मध्यरात पछि र शनिबार अबेर राति १३ वटा प्रहार गराइएको थियो । यद्यपि, ती सबैलाई युक्रेनको हवाई रक्षाले खसालेको युक्रेनी सशस्त्र सेनाको वायुसेना कमाण्डले जनाएको छ । रासस/सिन्ह्वा