• १३ वैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिनुहुने

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, पुस १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । सोमबार सङ्घीय संसद्का महासचिवलाई पत्र लेख्नुहुँदै प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने उल्लेख गर्नुभएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थनमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्नुभएको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीलाई १३८ सांसदको समर्थन आवश्यक पर्छ ।