• १६ चैत २०८०, शुक्रबार

मेस्सी र नेयमारको अभावमा पीएसजी स्तब्ध

blog

पीएसजीविरुद्ध पहिलो गोल गरेपछि लेन्सका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, पुस १८ गते । टोलीका प्रभावशाली खेलाडी खेलाडी लियोनल मेस्सी र नेयमारविनै प्रतिस्पर्धा गरेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा पहिलो हार खेपेको छ । कतार विश्वकप पछि सुरु भएको लिगमा आइतबार राति पीएसजी लेन्ससँग ३–१ गोलले स्तब्ध भयो ।

विश्वकप पछि आराम गरिरहनुभएका अर्जेन्टिना स्टार मेस्सी फ्रान्स पुग्नुभएको छैन । ब्राजिलियन स्टार नेयमार भने कार्डका कारण यस खेलमा खेल्नु भएको थिएन । पाहुना टोली पीएसजी खेलको सुरुवातमै पछि परेको थियो । लेन्सको जितमा प्रजेमिस्लाव फ्रान्कोब्स्कीले पाँचौँ, लोइस अ‍ोपेन्डाले २८औँ र  एलेक्सिस क्लाउड मरिसले ४७औँ मिनेटमा गोल गर्नुभयो ।

यसअघि पीएसजीका हुगो एकिटिकेले आठौँ मिनेटमै एक गोल फर्काए पनि टोलीको हार टरेन । हारे पनि पीएसजी शीर्षस्थानमा यथावत् छ  । पीएसजीको १७ खेलबाट ४४ अङ्क छ । विजेता लेन्स ४० अङ्कसहित दोस्रो स्थानमा छ । एजेन्सी