• ८ वैशाख २०८१, शनिबार

रङ्गीन साँझमा गीत सङ्गीतको बेग्लै मज्जा (फाेटाे फिचर)

blog

महाेत्सवमा ज्याेति मगरलगायतका कलाकारहरू । तस्बिर – जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, पुस १८ गते । चिसो मौसम सुरु भएसँगै कपिलवस्तुमा महोत्सवको माहौल सुरु भएको छ । झिसमिसे साँझ हुन लागेपछि बत्तीको झिलिमिली देखिन सुरु हुन्छ । झिलिमिली साँझमा हुने साङ्गीतिक माहौलले दर्शकलाई अझ रमाइलो अनुभूति दिने गरेको छ । 

कपिलवस्तुमा जारी चन्द्रौटा महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतिले तताउने गरेको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन कलाकार ज्योति मगरको प्रस्तुतिले निकै रमाइलो बनाएको थियो । करिब १० हजार दर्शकले मगरको प्रस्तुति हेरेका थिए ।

महोत्सवमा चर्चित कलाकारको प्रस्तुति साँझ परेपछि सुरु हुने भएपछि दर्शकको बाक्लो उपस्थिति रहेको थियो । कपिलवस्तु, दाङ र सीमावर्ती भारतीय क्षेत्रबाट अवलोकन गर्न आउने गरेको महोत्सवका मिडिया संयोजक कमल विष्टले बताउनुभयो । रामजी खाँण, दुर्गेश थापा, रमेशराज भट्टराईको प्रस्तुति भएको दिन धेरै दर्शकले अवलोकन गरेको बताइएको छ ।