• ४ वैशाख २०८१, मङ्गलबार

विद्यालय भवन पुनर्निर्माण सम्पन्न

blog

दोलखा समाचारदाता

दोलखा, पुस १८ गते । गत २०७२ को भूकम्पमा परी भत्किएको दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति कन्या माध्यमिक विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ। 

एसियाली विकास बैङ्कको अनुदानमा चार करोड ६२ साल ८५ हजार ९६० (भ्याटबाहेक) रुपियाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले जानकारी दिनुभयो। 

उहाँका अनुसार नवनिर्मित तीनतले भवनमा नौ कोठाहरू रहेका छन्। भवन, कम्पाउन्ड, शौचालयलगायत निर्माणको काम सम्पन्न भई हस्तान्तरण गरिएपछि पठनपाठन सहज भएको छ। 

गत २०७७ साल भदौ १ गते सम्झौता भएको थियो २०७८ चैत २९ गते काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि म्यादभित्र काम नसकिएपछि म्याद थप गरिएको थियो। यस भवनमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय, प्रशासकीय कक्ष तथा कक्षाकोठाका लागि आवश्यक पूर्वाधारसहितको व्यवस्था रहेको छ।  

सोलार बत्ती तथा आवश्यक फर्निचरसमेत सम्झौताबमोजिम विद्यालयलाई उपलब्ध गराइएको विद्यालयले जनाएको छ। विद्यालयका केही पुराना भवनको रेक्ट्रो फिटिङ पनि गरिरहेको छ। भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएकाले अब रेक्ट्रो फिटिङ कार्य द्रुत गतिमा अगाडि बढ्ने विद्यालयका प्रधानाध्यापक मानन्धरले जानकारी दिनुभयो।