दमौली अस्पतालमा निमोनियाका बिरामी बढे

दमौली, तनहुँ, पुस २६ गते । एकसाता यतादेखि तनहुँमा अत्यधिक चिसो बढेसँगै दमौली अस्पतालमा बिरामीको संख्या बढेको छ ।

दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जनाएको छ । रुघाखोकी, ज्वरो, निमोनिया, बाथलगायतका बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पवनजंग रायमाझीले बताउनुभयो । व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन्, उहाँले भन्नुभयो ।

यसअघि छिटफुट रुपमा बिरामी आउँथे । चिसो बढेसँगै बिरामीको संख्या बढेको अस्पतालका चिकित्सकले बताउनुभयो । बिरामीलाई उमालेको पानी खान, झोल पदार्थ बढी खान, न्यानो भएर बस्न सल्लाह दिने गरेको प्रमुख रायमाझीले बताउनुभयो । ५० प्रतिशत बिरामी त बीमा गरेका व्यक्ति उपचार गराउन आउने गरेको अस्पतालले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds