• १६ चैत २०८०, शुक्रबार

जनकपुरमाथि काठमाडौंको सहज जित

blog

जितेपछि काठमाडौंका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस १७ गते । काठमाडौं नाईट्सले नेपाल टी–२० क्रिकेट लिगमा सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा काठमाडौं नाईट्सले जनकपुर रोयल्सलाई ९० रन ले हरायो ।

काठमाडौंले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा सबै विकेटको  क्षतिमा ९० रनमा समेटिएको थियो । अलआउट भएर ९० जनकपुरका लागि ओपनर अरफुदिन असरफ, सोमपाल कामी तथा खडक बोहोरा बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउँन सक्नुभएन ।

असरफले ३३, सोमपालले २१ र बोहोराले १० रन जोड्नुभयो ।बलिङमा काठमाडौंका अभिनास बोहोराले चार विकेट लिनुभयो । अजमतुल्लाह उमरजाईले दुई, कमलसिंह ऐरी, अनिल खरेल र बसिर अहमदले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । काठमाडौंका रायन बर्ल र सुनाम गौतमको ८४ रनको साझेदारी गर्नुभयो । सुनाम गौतमले ६२ रन बनाउनुभयो । रायन बर्लले अविजित ६१, एलेक्स ब्लेकले २० र अजमतुल्लाह उमजाईले १० रन जोड्नुभयो । 

बलिङमा जनकपुरका जितेन्द्र मुखियाले दुई विकेट लिनुभयो । शरफुदिन असरफ र कप्तान ट्राभोन ग्रिफिथले एक एक विकेट लिनुभयो । जितसँगै पाँच खेलबाट ६ अङ्क बनाएको काठमाडौं तेस्रो स्थानमा छ । हारेपनि आठ अङ्क बनाएको जनकपुर दोस्रो स्थानमा छ । आजै अर्को खेलमा अल स्टार लुम्बिनी र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा भइरहेको छ ।