• ८ वैशाख २०८१, शनिबार

महान्यायाधिवक्ता पोखरेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

blog

नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलद्वारा पद तथा गोपनीयताको शपथग्रहण । तस्बिर : सुजन गुरुङ

काठमाडौं, पुस १४ गते । नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवनमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा. पोखरेललाई शपथ गराउनुभएको हो । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले डा. पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

महान्यायाधिवक्ता डा. पोखरेलको जन्म २०३० चैत २९ गते झिमरुक गाउँपालिका–४ प्युठानमा भएको थियो । उहाँले २५ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गर्नुभएको छ ।

महान्यायाधिवक्ताले सन् १९९९ मा दिल्ली विश्वविद्यालयबाट तुलनात्मक कानुनमा स्नातकोत्तर र द हेग नेदरल्याण्ड्सबाट २००७ मा सामाजिक अध्ययन संस्थानबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र र विकासमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले वातावरणीय कानुनमा स्नातक गर्नुभएको छ ।

कानुनी अभ्यास र परामर्शका अतिरिक्त डा. पोखरेलले कानुनी अनुसन्धान, कानुनी मस्यौदा र तालिममा संलग्न हुनुहुन्छ । उहाँले संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँट समितिमा कानुनविद्का रूपमा काम गर्नुभएको थियो ।

डा.पोखरेलले व्यवस्थापिका–संसद्को पूर्वसभामुख ओनसरी घतीको कानुनी सल्लाहकारको रूपमा काम गर्नुभएको थियो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कानुनी परामर्श सेवा प्रदान गर्दै आउनुभएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा कानुनको फरक क्षेत्रमा लेखहरू प्रकाशित गर्दै आउनुभएका पोखरेल जलस्रोत, वातावरण, जलविद्युत्, वाणिज्य कानुन, राजनीतिक अर्थव्यवस्था तथा विकासका केन्द्रित रही काम गर्नुभएको छ । रासस

यो पनि पढ्नुहोस

महान्यायाधिवक्ता पदमा डा. दिनमणि पोखरेल सिफारिस