दाङमा डिजिटल पेमेन्ट प्रविधि 'इ–सेवा' सुरु

टीकाबहादुर बस्नेत, दाङ मंसिर २० गते । दाङमा पहिलोपटक डिजिटल पेमेन्ट प्रविधि सेवा ''इ–सेवा' सुरु भएको छ । 

शनिबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा 'इ–सेवा' दाङ शाखा प्रतिनिधि राजन न्यौपानेले मोवाइल र इन्टरनेटबाट सेवा लिन सकिने सहज मध्यम 'इ–सेवा'लाई मोवाइल वालेट भन्दा अझ उपयुक्त हुने त्यस अवसरमा जानकारी दिनुभयो । उहाँले मोवाइलबाट एसएमएस पठाएर 'इ–सेवा' दर्ता गर्न सकिने 'इ–सेवा'को प्रयोग सानो लगानीमा धेरै काम गर्ने बताउदैँ 'इ–सेवा'को प्रयोगमार्फत नेपालको वित्तीय प्रणालीमा सर्वसाधरणको पुहँच बढाएको बताउनुभयो । 

यसमार्फत् दिन सकिने सेवाहरु धेरै भए तापनि पहिलो चरणमा दाङमा टपओप, टेलिफोन बिल भुक्तानी ईन्टरनेटको बिल र रिचार्जको काम गरिने न्यौपानेले जानकारी दिनुभयो ।

हाललाई दाङमा एनटिसी, एनसेलको प्रिपेड/पोस्ट पेड टेलिफोन, एडिएसएल, डिस होमको ट्पअप, हावाइजहाँजको टिकट र सुविसु इन्टरनेटको बिल भुक्तानी गर्न सकिने छ ।

एनटिसी प्रिपेडको सिम पनि 'इ–सेवा'मार्फत् टेलिकमको मुल्यमा बिक्री गरिने बताइएको छ । निकट भविष्यमा विद्युतको बिल भुक्तानीको सेवा र यहाँको स्थानीय स्कुल, कलेज, स्पेस लाइनको बिल भुक्तानीको पनि सञ्चालनमा आउने न्यौपानेले जानकारी दिनुभयो । 

'इ–सेवा'को खातामा पैँसा राख्नलाई यसका ३६ वटा साझेदारी बैंकमा काउन्टर डिपोजिट वा ईन्टरनेट बैंकीङ्ग तथा एसएमएस बैंकीङ्गबाट सजिलै लिन सकिने बताइएको छ ।
'इ–सेवा' राष्ट्रिय वाणिज्य बैंक, ग्लोवल आई.एम.ई., प्रभु, एन.आर्इं, सी. एसिया, नविल बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, सानिमा बैंक, सनराइज बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, जनता बैंक, एनसीसी बैंक, एनएमबि बैंक, मेगा बैंक, सिद्धार्थ डिभेलपमेन्ट बैंक, टुरिजम डिभेलपमेन्ट बैंक, कैलाश विकास बैंक, यति डिभेलपमेन्ट बैंक, सेवा विकास बैंक, साइन रेसुङ्गा डिभेलपमेन्ट बैंक, किलिन इनर्जी डेभलपमेन्ट बैंक, पुर्णीमा विकास बैंक, तीनाऊ विकास बैंक, ॐ फाइनान्स, त्रिवेनी विकास बैंक, गण्डकी विकास बैंक, बिजिनेस युनिभर्सल डिभेलपमेन्ट, एपेक्स डिभेलपमेन्ट, सुप्रिम डिभेलपमेन्ट, एस डिभेलपमेन्ट, गरिमा विकास बैंक, साझा विकास बैंक, एच एन्ड बि, साङ्ग्रीला बैंकमार्फत् सेवा लिन सकिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनको सहजीकरण प्रेस चौतारी नेपाल दाङका अध्यक्ष टीका बस्नेतले गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना