संविधान निर्माणको प्रक्रिया अब रोकिँदैन

Ishwor Pokhrelचितवन, चैत २१ गते । नेकपा  एमालेका महासचिव ईश्वर पोखरेलले संविधान निर्माणको प्रक्रिया अब नरोकिने बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले यही चैत २३ गतेबाट सुरु हुने संविधानसभाले प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

प्रक्रिया अघि बढ्दैमा सहमति नरोकिने भन्दै उहाँले सहमति र प्रक्रिया सँगसँगै अगाडि बढ्ने छ भन्नुभयो । संविधान जनप्रतिनिधिबाट बन्ने भन्दै महासचिव पोखरेलले सडकबाट संविधान नआउने बताउनुभयो ।

उहाँले माओवादी आमहड्ताल घोषणा गरेर वितण्डा मच्चाउन खोजेको भन्दै त्यसको जवाफ जनताले दिने बताउनुभयो । नेकपा ९एमाले० तराई र पहाडलाई टुक्र्याएर सङ्घीयता निर्माण गर्ने पक्षमा नरहेको भन्दै उहाँले देश टुक्रयाउने काममा एमाले किमार्थ समर्थन गर्दैन भन्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना