धौलागिरी पदमार्गमा पर्यटक बढे

touristगणेश पौडेल

पर्वत, चैत २० गते । वसन्त ऋतुको आगमनसँगै पर्वतका विभिन्न गाविस हुँदै धौलागिरी अञ्चलका म्याग्दी, बागलुङ र मुस्ताङका अधिकांश पर्यटकीय स्थानमा जाने पर्यटक बढेवपछि यस क्षेत्रका व्यवसायी उत्साहित बनेका छन् ।

पर्यटकीय शहर पोखराबाट धौलागिरि प्रवेश गर्ने पर्यटक बढेसँगै पर्वतका मुख्य नाकाहरूमा व्यापार बढेको छ । पर्वत र कास्कीको वीरेठाँटीबाट शुरु हुने अन्नपूर्ण पदमार्ग, पर्वतको बाँसखर्कबाट शुरु हुने धौलागिरि अन्नपूर्ण ‘ईको टुरिज्म’ पदमार्गका साथै भुकताङ्ले हुँदै पुनहिल जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

पछिल्लो समयमा पुनहिलका साथै राउण्ड धौलागिरीका विभिन्न क्षेत्रमा गुराँस फुल्न थालेकाले पनि यो क्षेत्र आकर्षक देखिएको छ । यहाँ विशेष गरी बेल्जियम, इटली, जर्मनी, इजरायल, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, बेलायत, चीनलगायत देशका पर्यटक आउने गरेको स्थानीयवासी अमबहादुर पुनले बताउनुभयो ।

त्यसैगरि घोरेपानी र पुनहिल क्षेत्रमा आउने पर्यटक तीन दिनसम्म पुनहिल र आसपास क्षेत्रमा बस्ने भएकाले पनि यो मौसममा सबैभन्दा बढी पर्यटक देखिएका छन् । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा मनोरम हिमशृङ्खला, मगर जातिको संस्कृति र रहनसहन, विविध प्रजातिका पशुपक्षी, वनस्पतिका साथै सूर्योदय अवलोकन गर्न पर्यटक जाने गरेको स्थानीय वासिन्दा बताउँछन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना