• १६ चैत २०८०, शुक्रबार

फिफा वरीयतामा नेपाल यथावत्

blog

काठमाडौं, पुस ७ गते । विश्व फुटबल महासङ्घ (फिफा) को वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७५औँ स्थानमा यथावत् रहेको हो ।

नेपाल अघिल्लो महिना पनि एम सय ७५औँ स्थानमै थियो । नयाँ वरीयता अनुसार दक्षिण एसियामा भारत अगाडि छ । भारत १०६औँ स्थानमा छ । दक्षिण एसियामा दोस्रो स्थानमा रहेको मालदिभ्स समग्र एक सय ५६औँ स्थानमा छ । भुटान एक ८५औँ, बङ्गलादेश एक सय ९२औँ, पाकिस्तान एक सय ९५औँ र श्रीलङ्का दुई सय सातौँ स्थानमा छ । 

कतार विश्वकपको विजेता अर्जेन्टिना दोस्रो स्थानमा उक्लिएको छ । यसअघि अर्जेन्टिना तेस्रो स्थानमा थियो । विश्वकपको क्वार्टरफाइनलमा पराजित ब्राजिल शीर्षस्थानमा यथावत् छ । विश्वकप उपविजेता फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ ।

बेल्जियम चौथो स्थानमा झरेको छ भने इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा छ । यसैगरी नेदरल्यान्ड्स, क्रोएसिया, इटाली, पोर्चुगल र स्पेन क्रमशः छैटौँदेखि दसौँ स्थानमा छन् ।