• १३ वैशाख २०८१, बिहिबार

कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा स्थायित्व हुन्छ : सांसद थापा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ७ गते । नेकपा (एमाले) का नेता तथा सांसद सूर्य थापाले नेपाली कांग्रेस र नेकपा (एमाले) ले मिलेर सरकार बनाएमात्र राजनीतिक स्थायित्व हुने बताउनुभएको छ । प्रतिनिधि सभा सदस्यको आज शपथपछि संसद् भवन बाहिर पत्रकारसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जनमतको कदर गर्दै दुई ठूला दल मिलेर सरकार बनाए मुलुकको हितमा हुन्छ, मेरो सुझाव र बुझाइ यही छ ।” 

सांसद थापाले मुलुकको दीर्घकालीन हितमा केन्द्रित भएर राजनीतिक दलहरू अघि बढ्नुपर्ने धारणा राख्नुभयो । एमाले पोलिटब्युरो सदस्य समेत रहनुभएका सांसद थापाले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो ।